|

कजाखस्तानको सत्तारुढ दलले कास्सीम–जोमार्ट टोकायेभलाई मंगलबार पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरेको छ। आगामी जुनमा कजाखस्तानमा राष्ट्रपतिको निर्वाचन हुँदैछ।

कजाखस्तानका संस्थापक नेता नुरसुल्तान नजरबायेभले टोकायेभलाई राष्ट्रपतिका रूपमा अघि सारेपछि सत्तारुढ दलले पनि उनलाई नै राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो।

सत्तारुढ नुर ओटान पार्टीका ६०० भन्दा बढी प्रतिनिधिले टोकायेभको उम्मेदवारीलाई सर्वसम्मत रूपमा पारित गरेका थिए। राजधानी नुर–सुल्तानमा भएको पार्टी भेलामा ७८ वर्षीय संस्थापक नेता नुरसुल्तानले टोकायेभको नाम प्रस्ताव गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.