|

काठमाडौं : नेपाल सरकार र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने माग राखेर आन्दोलन गर्दै आएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वार्ता शुरु भएको छ।

सरकारले राप्रपालाई वार्तामा बोलाएअनुसार नै राप्रपा र सरकारबीच मंगलबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा वार्ता शुरु भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

वार्तामा सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा अधिकारी संलग्न छन् भने राप्रपाको तर्फबाट संयोजक दीपक बोहराको नेतृत्वमा नेताहरू रहेका छन।

आन्दोलनमा रहेको राप्रपामाथि सरकारले बल प्रयोग गरेपछि अध्यक्ष थापाले शान्तिपूर्ण वार्तामार्फत आफ्ना माग पूरा गर्न सरकारसँग आग्रह गरेका थिए। त्यसपछि सरकारले राप्रपालाई वार्तामा बोलाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.