|

डडेल्धुरा : त्रिपुरा सुन्दरी मन्दिर बैतडीको दशरथचन्द नगरपालिका–८ मा पर्दछ। यो त्रिपुरा सुन्दरी भगवतीको मन्दिर सुदूरपश्चिम प्रदेशको एक प्रसिद्ध मन्दिर हो।

यस मन्दिरलाई सुदूरपश्चिमकी ९ देवीहरूमा एक देवीको मन्दिर मानिन्छ। त्रिपुरा सुन्दरी भगवतीको मन्दिर बैतडी जिल्ला सदरमुकामबाट नजिकै रहेको छ। उक्त मन्दिरलाई माता भगवतीको स्वरूप मानेर पूजा आराधना गर्ने गरिन्छ। उक्त भगवतीको दर्शन गरेमा मनोकामना पूरा हुने, दुष्टको मानमर्दन हुने र भक्तजनको कल्याण हुने विश्वास गरिन्छ।

शक्तिशाली भगवतीलाई असार महिनामा अषढी जात, साउन अथवा भदौमा रक्षावन्धनका दिन वोगाल जात, कात्तिक शुक्ल नवमीका दिन कात्तिक जात मनाइन्छ।असोज र चैत्रको नवरात्रिमा परेवादेखि दशमीसम्म नियमित पूजा हुन्छ। कात्तिकको जातका अवसरमा राँगा र बोकाको बली दिने चलन रही आएको छ।

यहाँ लाग्ने त्रिपुरा सुन्दरी मेलामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गर्दछन्। गतवर्ष सरकारले छनोट गरेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा त्रिपुरा सुन्दरी पनि परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.