|
File Photo

जाजरकोट : वातावरणीय प्रभाव मूल्याङकन र स्टामेट नहुँदा १३२ केभी प्रशारण लाइनको सव स्टेशन निर्माणमा ढिलाइ भएको छ। ढिलाइका कारणले चार जिल्लाका स्थानीयबासी दैनिक विद्युत आपुर्तिमा समस्य भोग्दै आएका छन्।

कोहलपुरदेखि जाजरकोटसम्म ३३ केभी प्रसारण लाइनको लम्बाई लामो हुँदा नियमित विद्युत् आपूर्तिमा समस्या आउने गरेको छ। ३३ केभी प्रशारण लाइनको सवस्टेशन ६० किलोमिटर हुनुपर्नेमा कोहलपुरदेखि जाजरकोटसम्म १५० किलोमिटरभन्दा बढी लम्वाइ हुँदा विद्युत सेवा अवरुद्ध हुँदै आएको विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताए। लम्बाइ बढी भएका कारण सुर्खेत, दैलेख र रुकुम पश्चिमलाईसमेतलाई विद्युत् प्रवाहमा बाधा उत्पन्न हुँदै आएको उनको भनाइ छ। 

कर्णाली प्रदेशमा १३२ केभी प्रसारण लाइनको सबस्टेशन नहुँदा जाजरकोट, सुर्खेतका स्थानीयले निमित विद्युत सेवा उपभोग गर्न पाएका छैन्न। १३२ केभी सबस्टेशनदेखि विद्युत प्रसारण लाइन टाढा हुँदा विजुली नियमित हुन नसकेको खड्काले बताउँछन्। ३३ केभी प्रसारण लाइनको लम्बाई घटाउन र नियमित विद्युत आपूर्ति गर्न उक्त सवस्टेशन कर्णाली प्रदेशमा निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ।

प्रमुख खड्काले भने, '३३ केभी प्रशारण लाइन एक सबस्टेशनबाट अर्को सबस्टेशनसम्मको दूरी ६० किलोमीटर हुने पर्ने हो। तर, कोहलपुरमा रहेको १३२ केभी सब स्टेशनबाट जाजरकोट कुदुमा रहेको ३३ केभी प्रशारण लाइनको सब स्टेशनसम्मको दूरी १ सय ५० किलोमीटर रहेको छ।'

त्यस्तै, एक सबस्टेशनबाट अर्को सबस्टेशन बीचको दूरीमा ट्रान्सफर्मर नराख्नु पर्नेमा कोहलपुरदेखि कुदुसम्म ५ दर्जन ट्रान्सफर्मर निर्माण गरिएका छन्। त्यसैमा ३३ केभीबाट सिधै ग्राहक सेवा दिंदा ग्रामीण क्षेत्रको एलटी लाइनमा सामान्य समस्या आउँदा ३३ केभी नै प्रभावित हुने भएकाले जाजरकोटमा दैनिक धेरै पटक विद्युत सेवा अवरुद्ध हुँने गरेको खड्काले जानकारी दिए।

३३ केभी प्रशारण लाइनको छिन्चुदेखि जहरेसम्म बढी समस्या गरेको छ। पानी पर्दा र हावाहुरी चल्दा सुर्खेत कार्यालयले रामघाट सबस्टेशनमा जाजरकोट प्रसारण लाइन बन्द गर्दा दैनिक विद्युत अवरुद्ध हुँने गरेको हो। राकम जाजरकोट क्षेत्रमा समस्या आए तत्काल समाधान गर्ने गरेको भए पनि छिन्चु, जहरेलगायत स्थानमा समस्या आए समाधान गर्न कठिनाई हुने गरेको प्राविकरणले बताएको छ।

सुर्खेतको राकमबाट आएको ३३ केभी प्रसारण लाइन कुनै सूचनाबिना विच्छेद हुने गरेको छ। जानकारीबिना विद्युत सेवा बारम्बार अवरुद्ध हुने गरेको छ। केन्द्रीय विद्युत् लाइन नियमित नहुँदा भेरी नगरपालिकाकालगायत जिल्लाका ३ हजार स्थानीय समस्यमा पर्ने गरेका छन्।

३३ केभी प्रसारण लाइनको सबस्टेशन भेरी नगरपालिका १३, कुदुमा निर्माण सम्पन्न भएको छ। तीन वर्षअघि निर्माण शुरु भएको उक्त सबस्टेशन गत महिनादेखि सुचारु भएको छ।

आरके इन्टरनेशनल फर्मले उक्त स्टेशन रु १८ करोडमा निर्माण सम्पन्न गरेको विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताए। त्यस्तै नलगाड नगरपालिका १२, चौखा र छेडागाड नगरपालिका ५, बडाबनमा पनि ३३ केभी सबस्टेशन निर्माण शुरु भएको उनले बताए। चालु आर्थिक वर्षभित्र यस जिल्लाका सात वटै स्थानीय तहको केन्द्रसम्म केन्द्रीय लाइन पुर्‍याउने योजनाअनुरूप कार्य भइरहेको प्रमुख खड्काले जानकारी दिए।

यस वर्ष भेरी नगरपालिकाको पूरै वडा, कुशे गाउपालिकाको वडा नं. ५ र छेडागाड नगरपालिकाको वडा नं. १२ तथा १३ मा विजुली बाल्ने योजना रहेको उनले बताए। १३२ केभी प्रशारण लाइनको सव स्टेशन सुर्खेतको सुव्वाकुनामा निर्माण हुने भनिएको भए पनि अझै गति लिन सकेको छैन्। स्टेशन निर्माण गर्नका लागि अहिले जग्गा मात्र लिइएको र बाँकी काम अगाडि बढ्न लागि स्टामेट निर्माण र वातारणीय प्रभाव मूल्यांकन भएपछि मात्र बढ्ने बताएको छ।

न्यू वुटवल कोहलपुर सुर्खेत, माथेल्लो कर्णाली ४०० केभी प्रशारण लाइन आयोजनाका प्रमुख अविशेक अधिकारीका अनुसार   इटालियन परामर्शदाता कम्पनीले प्राविधिक डिजाइन तयार पारेपछि १३२ केभी प्रशारण लाइनको काम अगाडि बढ्ने छ। वातारणीय प्रभाव मूल्यांकनको काम अहिले भइरहेकोले यो टुंगो नलागेसम्म अन्य काम अगाडि बढ्न नसक्ने अधिकारीले बताउँछन्। अर्को आर्थिक वर्षमा मात्र काम सुरु गर्न सकिने उनले बताए।

पहिलो चरणमा कोहलपुरदेखि सुर्खेतसम्म ५४ किलोमटिरको काम अगाडि बढ्ने छ भने अर्को चरणमा जाजरकोट खण्डको काम सुरु हुँने उनले बताए। कोहलपुरबाट ३३ केभी प्रशारण लाइनबाटै बर्दिया, सुर्खेत, दैलेख, रुकुम पश्चिम चौरजहारी र जाजरकोटमा विद्युत आपूर्ति हुँदै आएको छ। विद्युत् प्रशारणका लागि जोडिएका पोलहरू होचा भएका कारण सामान्य समस्य आउँनबितिकै समस्या पटकपटक आउँने गरेको छ। यो प्रशारण लाइनमा समस्य आउँनबितिकै ६ जिल्लाको विद्युत सेवामा एकै पटकसम्म आउँने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.