प्रमुख सचेतक सचिवमा, चुनावमा पराजित जिल्ला अध्यक्ष

|

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य रतन थापा पार्टीको कैलाली जिल्ला अध्यक्ष भएका छन्। पार्टी एकता घोषणा भएको करिब एक वर्षपछि नेकपाले जिल्ला अध्यक्ष र सचिवहरूको टुंगाे लगाएसँगै थापाले अध्यक्षको जिम्मेवारी पाएका हुन्। 

तत्कालीन एमालेबाट प्रदेशसभामा निर्वाचित भएका थापाका दुवै दम्पति जनप्रतिनिधि हुन्। थापाकी श्रीमती टीका थापा कैलालीको लम्की चुहा नगरपालिकाकी उप प्रमुख हुन्। स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट उम्मेदवार बनेकी थापाले नेपाली कांग्रेसकी धनादेबी चौधरीलाई दुई हजार ८५६ मत अन्तरले हराउँदै विजयी भएकी थिइन्। त्यसको छ महिनापछि श्रीमान् रतन थापा पनि नेपाली कांग्रेसकै हिम रावललाई पराजित गर्दै सांसद भएका थिए। थापाले रावललाई दुई हजार ३६ मतले पाराजित गरेका हुन्।

प्रदेश सभा सदस्य भएको १७ महिनापछि थापाले कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्। तत्कालीन नेकपा एमालेका अध्यक्ष दीर्घ सोडारी कारबाहीमा परेपछि उपाध्यक्ष रहेका थापाले अध्यक्षको जिम्मेवारी पाएका हुन्। दम्पति नै जनप्रतिनिधि त्यसैमा अध्यक्षको जिम्मेवारी पाएका थापालाई बधाई थाप्न भ्याइ नभ्याई छ। ‘मैले मेयरको टिकट पाउने कुरो थियो त्यो नभएपछि श्रीमति उपप्रमुख भइन्’ थापाले भने, ‘त्यसको केही महिनापछि मैले सांसद पद जितेँ।’

प्रमुख सचेतक सचिवमा, चुनावमा पराजित थापालाई अध्यक्षको जिम्मेवारी

तत्कालीन नेकपा एमालेका कञ्चनपुर अध्यक्ष रहेका तारा लामा तामाङले कञ्चनपुर जिल्ला कमिटीमा सचिवको जिम्मेवारी पाएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिको प्रमुख पदमा चुनाव हारेका तत्कालीन माओवादीका जिल्ला अध्यक्ष वीरबहादुर थापाले भने अध्यक्षको जिम्मेवारी पाएका छन्। तामाङ कञ्चनपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। सत्तारुढ दलका प्रमुख सचेतक समेत रहेका तामाङ प्रदेश कमिटी सदस्य पनि हुन्। तामाङले भने आफूले पार्टीको निर्णयलाई सम्मान गर्ने बताए।

‘व्यक्तिगत कुरा होइन। पार्टीले ठूलो काम सम्पन्न गरेको छ,' उनले भने,‘म सम्मान गर्छु। तर अहिलेसम्म केही सर्कुलर गरेको छैन।’ सुदूरपश्चिमका ९ जिल्ला मध्ये ५ जिल्लामा तत्कालीन नेकपा एमालेले जिल्ला अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालीन माओवादीले अध्यक्ष पाएको छ।

कैलाली, डोटी, अछाम, बैतडी र बाजुरा जिल्लामा तत्कालीन एमालेले अध्यक्ष पाएको छ भने कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा तत्कालीन माओवादीबाट अध्यक्ष भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.