|

काठमाडौं : वाणिज्य बैंकहरूबीच एक आपसमा मर्जर हुन बैंकरहरूले चासो व्यक्त गर्न थालेका छन्। चार वर्षअघि नेपाल राष्ट्र बैंकले चुक्तापूँजी वृद्धि मर्जरलाई सहजिकरण गरे पनि संख्या घट्न नसकेपछि  केही वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र बैंकर्स संघका पदाधिकारीले पनि चासो देखाएका छन्। 

मंगलबार व्यवस्थापन संघले गरेको अन्तरक्रिया नेपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले विग मर्जरमा चासो व्यक्त गरेका हुन्। उनले मर्जरको सहजिकरणको लागि कर छुटको सुविधा दिन माग गरेका छन्।

उनले मर्जरमा जान सकिने अवस्था रहेको भन्दै केही वर्षको लागि आयकरमा छुट दिएर सहजिकरण गर्न माग गरे। चालु आर्थिक वर्षमा आयकरको दर परिवर्तन नभए पनि स्ल्याब परिवर्तन हुँदा त्यसले कर्मचारीलाई असर गरेको भन्दै दर घटाउन पनि आग्रह गरेका छन्।

अध्यक्ष ढुंगानाले बैंकका कर्मचारीलाई दिइने सुविध सम्बन्धित बैंकको आधार दरमा गणना गर्नुको साटो नेपाल राष्ट्र बैंकले तोक्ने बैंक दरको आधारमा गणना गर्न पनि आग्रह गरे। जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ क्षेत्रले मागेको सहुलियत सोच्न सकिने प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.