|

विराटनगर : मोरङको  बिराटनगर महानगरपालिका ८ बाट प्रहरीले नक्कली प्रहरी बनेर घरभित्र प्रवेश गर्ने एक जनालाई पक्राउ गरेको छ।

सोमबार राति मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूसोही स्थान बस्ने सिंगेश्वर यादवको घरमा प्रवेश गरी सादा पोशाकको प्रहरी भएको बताउँदै खानतलासीको प्रयास गरेका थिए।

घरधनी यादवले शंका लागेर प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले जहदा गाउँपालिका ६ बस्ने २५ वर्षीय सीमान्त करदार (मण्डल) लाई पक्राउ गरेको हो। अन्य २ जना फरार भएका थिए। उनीहरूले प्रयोग गरेको को ३७ प ४४७२ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.