|

जनकपुरधाम : आफ्नै अपहरणको नाटक गरी भाग्ने एक जना धनुषा प्रहरीको फन्दामा परेको छ। बैशाख ५ गते जनकपुरधाम उपमहानगरपालिका-११ स्थित चिया पसल गरी बस्ने एक व्यक्तिले आफ्नै अपहरणको नाटक गरी भागेकोमा यर्थाथ पत्ता लगाउँदै प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो।

पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-३ का ४० वर्षीय धुव्रनारायण लालकर्ण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जनकपुरधाम उप–महानगरपालिका-११ स्थित घर वहालमा चिया पसल गरी जीविकोपार्जन गर्दै आएको कर्ण अपहरण भएको ससूरो ललन प्रसाद कर्णले जिल्ला प्रहरीमा उजूरी गरेको आधारमा प्रहरीले खोजबिन गरिरहेको थियो।

यसरी भयो घटना :

जिल्ला महोत्तरी सोनमा गाउपालिका-५ वस्ने वर्ष ६० को ललन प्रसाद कर्णले आफनो ज्वाईं हराएको उजूरीको आधारमा कार्यालयबाट विशेष टोली परिचालन गरी निजको खोजतलास तीव्र गतिमा भइरहेको थियो। सोही क्रममा मिति बैशाख ८ गते १०ः३० बजे सम्पर्कमा हराएको भनिएका ध्रुवनारायण लालकर्ण सम्पर्कमा आएको हुँदा निजलाई सोधपुछ गर्दा विहान पसल खोल्न जादाँ आफू अपहरणमा परेको बयान दिएका थिए।

उनको बयानअनुसार मोटरसाइकलमा आएको दुई व्यक्तिले आँखा र मुखमा पट्टीबाँधी अपहरण गरी लगी चार दिनसम्म खाना खान दिँदा पनि आफुले खाना नखाई बसेको बयान दिएका थिए। उनले बयानमा भनेका छन, ‘मलाई किन अपहरण गरी ल्याएको भनेर सोध्दा केही नबोल्ने गरेको र पछि जनकपुरको भ्रमरपुरा चोक र दूधमतीको बीचमा छाडेर भागेको र भाग्ने बेलामा हामीसँग गल्ती भयो भनेर गयो।’ साथै मैले कसैलाई चिन्नसमेत सकिन जस्ता गल्ती बयान दिएको हुँदा गहिरो अनुसन्धानको क्रममा निजले मिती २०७६ बैशाख ९ गते गते उनले आफ्नो अपहरण नभई भागेको बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले अभियुक्तलाई उद्धृत गर्दै भने ‘मेरो अपहरण भएको हैन, धेरै ऋण भएको कारण मान्छेहरूले पैसाको लागि धेरै टेन्सन दिने गरेकोले के गरौँ कसो गरौँ। भन्ने भयो अनि म मेरो दिमागमा नाटक गर्नुपर्यो भनेर आयो। सोही क्रममा बिहान ४ः०० बजे पसलमा आएर पसलबाट रु ३००० र भारु पैसा लिई आफ्नो भेष्ट च्यातेर फालिदिए सटरको साँचो पनि त्यही फालेर बसबाट जटही हुदै जयनगर बिहार गई त्यहाँबाट रेलको टिकट लिई दिल्ली गई त्यहाँ पनि कुनै काम नपाएकोले पुनः रेलबाट जयनगर आएर जटही हुदै जनकपुरधाम आए।’ पैसा लिएको मान्छेहरूले ताकेता नगरोस भनी यस्तो नाटक गरेको स्वीकार गरेको प्रहरी अधिकृतको भनाई छ।

कार्यालयमा दिएको बयान यसरी झुठो तथा अपहरणको नाटक गरी हुदाँ शान्ति सुरक्षा व्यवस्था खलल पुग्ने गरी कार्य गरेको पाईएकोले शान्ति सुरक्षाको कसूरमा म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी नायव उपरिक्षक कार्कीले जनाए। कसूर मुद्दाका कर्णलाई आज मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.