|
File Photo

भद्रपुर : पिकअप भ्यान दुर्घटना परी झापामा एक जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिका ४ स्थित चुलाचुली मोडमा पूर्वतर्फ जाँदै गरेको बा २१ च ३२२८ नम्बरको पिकअप भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी दमक नगरपालिका ७  बस्ने ६५ वर्षीय महेश साहको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

भ्यानमा सवार दमक ७ बस्ने ७ वर्षीया सोफिया तामाङ, सोही ठाउँका ३० बर्षीय सन्तबहादुर तामाङ, दमक १२ बस्ने २८ बर्षीया ईन्दिरा मगर, मोरङ लेटाङ नगरपालिका १० बस्ने ११ बर्षीया तुलसा लिम्बू घाइते भएका छन्। घाइतेहरूमध्ये तीन जनाको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ, भने तामाङलाई उपचारका लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ। पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.