|

बाँके : आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ। आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो। एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पार्‍यो। नेपाल पुलिसले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त गर्‍यो। २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल गर्‍यो।

उसुको अन्तिम मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए। थाउलोको महिला चियन सु÷छियाङ सुमा एपीएफकी कविता थापा मगर पहिलो भइन्। कविताले १८.०५ अंक जोडिन्। सुदूरपश्चिम प्रदेशकी अलिसा खाती दोस्राे तथा आर्मीकी मुना शिरिष मगर तेस्राे भए। पुरुष ताव सु÷कुन सुमा आर्मीका विश्व बुढा मगरले स्वर्ण जिते। उनले १८.९ अंक जोडे। एपीएफका कुमार सिन्जाली दोस्राे तथा प्रदेश ५ का राजिव तामाङ तेस्राे भए।

सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूर प्रदेशकी गौरी घर्तीमगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ति श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए। महिला ६५ केजीमा एपीएफकी मनिषा रावतले प्रहरीकी पूजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुन मगरले प्रदेश १ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आले मगरलाई फाइनलमा पाखा लगाउँदै स्वर्ण जिते।

कराँते : प्रहरी टिम च्याम्पियन

नेपाल प्रहरी क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ। दाङ तुलसीपुरस्थित कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो। त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो। ३ नम्बर प्रदेश २ स्वर्ण १ रजत र १ काँस्य पदकका साथ तृतीय स्थान हासिल गर्‍यो। करातेको अन्तिम दिन मंगलबार सम्पन्न पुरुष कुमुते ६० केजी तौल समूहमा नेपाल पुलिस क्लबका राजिव पुडासैनीले स्वर्ण पदक हात पारे। त्यस्तै प्रदेश ४ का राजकुमार रसाइलीले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जगतसिंह घानुक र एपीएफका मोहन कार्कीले कांस्य पदक हात पारे।

प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपीएफ, प्रदेश ७ र एनआरएनको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.