|

उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ।

रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदुर पूर्वस्थित शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने जनाएको छ। यो दुई नेताबीचको पहिलो प्रत्यक्ष भेट हो।

‘भेटमा दुई मित्रराष्ट्रका नेताबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि राजनीतिक तथा कूटनीतिक समाधानको पहलका बिषयमा छलफल हुने कार्यक्रम तय भएको छ’, क्रेमलिनका विदेश नीति हेर्ने सहयोगी यूरी उसाकोभले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.