|

काठमाडौं : समायोजनमा चित्त नबुझेकाले स्वास्थ्य सेवाका भन्दै करिब ३ हजार ५ सय र अन्य सेवाका १० हजार गरी ४५ हजार भन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका छन्।

वैशाख ५ गतेसम्ममा सो संख्यामा गुनासो दर्ता भएको बताइएको छ। मन्त्रालयले गुनासो सुन्नका लागि सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय तीन-तीनजना जना गरी ६ जना कर्मचारी राखिएको छ।

गुनासो दर्ता गर्ने समयावधि यही वैशाख ५ गते बिहीबार सकिएको छ। चित्त नबुझेका विषयमा इमेल तथा भाइबरमार्फत पनि गुनासो दर्ता गरिएको थियो। मन्त्रालयमा आफै उपस्थित भई बुझाउन नसक्ने अवस्थामा इमेल तथा भाइवरमा पठाउन सकिने व्यवस्था रहेको मन्त्रालयका सहसचिव तथा कर्मचारी समायोजन गुनासो व्यवस्थापन समितिका संयोजक रूपनारायण भट्टराईले जानकारी दिए।

यसअघि नै समायोजन सूची सार्वजनिक भई समायोजनमा चित्त नबुझेका कर्मचारीहरूको हकमा यसअघि नै गुनासो दर्ता गराउने समय सकिएको छ। स्वास्थ्य तथा प्राविधिक इन्जिनियरको समायोजन सूची ढिला प्रकाशन भएपछि उनीहरूका लागि गुनासो टिपाउन मन्त्रालयले गुनासो दर्ता गराउने समय थप गरेको हो।

कर्मचारी समायोजन अध्यादेश, २०७५ बमोजिम कर्मचारी समायोजन गर्ने प्रयोजनको लागि संघ, प्रदेश र स्थानीय तहमा सेवा प्रवाहका लागि आवश्यक पर्ने संगठन संरचना तथा कर्मचारी दरबन्दी सरकारले स्वीकृत गरेबमोजिम हुने व्यवस्था छ भन्ने खबर नेपाल समाचारपत्रमा खबर छ।

समायोजनको प्रक्रियामा कर्मचारीलाई तह छनोट गर्न लगाउनुपूर्व नै संगठन संरचना तथा कर्मचारी दरबन्दी संरचना टुंगो नलगाएकाले समायोजनपछि पनि यस्तो अन्योल देखिएको कर्मचारीहरु बताउँछन्। स्वास्थ्यको दरबन्दी संरचना पटकपटक परिवर्तन गरिएकाले स्वास्थ्यका कर्मचारीहरु तहगत छनोटको स्वतन्त्रता र सोसँग सम्बन्धित वृत्तिविकास तथा सेवा सुविधाबाट वञ्चित भएको गुनासो गरिएको छ।

यसैगरी स्वास्थ्यबाहेक गुनासो गर्ने कर्मचारीको संख्या १० हजारको हाराहारीमा रहेको सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। मन्त्रालयले आएका गुनासोलाई सेवा समूह हेरेर विभिन्न ११ कार्यदल गठन गरी अध्ययन गरिरहेको छ। कार्यदलले अध्ययन गरेर गुनासोलाई सम्बोधन गर्न सिफारिस गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.