|

डडेल्धुरा : गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ। उनीहरुको दुर्घटना स्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।

भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्। घाइतेहरुलाई डडेल्धुरास्थित अस्पताल डडेल्धुरा ल्याइँदैछ। बस सडकबाट १०० मिटर तल खसेको जनाइएको छ ।

धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो। मृतकहरुको सनाखत हुन सकेको छैन। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.