|

स्पेनिस जाइन्ट बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा डिर्पोटिभो अलाभेसलाई २–० ले पराजित गर्दै बार्सिलोनाले लिगको उपाधि यात्रा बलियो बनाएको हो।

बार्सिलोनालाई च्याम्पियन बन्न अब बाँकी चारमध्ये एक खेल जिते पुग्ने छ। त्यसैले उसले आइतबारनै उपाधि उचाल्ने सम्भावना छ। आइतबार लेभान्टेलाई पराजित गर्न सके बार्सिलोना तीन खेलअगावै लालिगा च्याम्पियन बन्नेछ।

३४औं चरणको खेल जारी रहँदा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडसँग १२ अंकको तथा रियलसँग १६ अंकको फराकिलो अग्रता लिएको छ। बार्सिलोनाको ३४ खेलबाट ८० अंक पुगेको छ। एक खेल कम खेलेको एट्लेटिकोको ६८ तथा रियलको ६४ अंक छ। अलाभेस ४६ अंकसहित आठौं स्थानमा छ। अलाभेसको मैदानमा बार्सिलोनाले बल पोजेसन राखे पनि गोलका लागि भने उसले ५४औं मिनेटसम्म प्रतीक्षा गर्नु परेको थियो। कार्लेस एलेनाले सर्जी रोबर्टोको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

६०औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाएर ला लिगाको उपाधि नजिक उभ्याए। जेरार्ड पिकेले गोल गरे पनि त्योभन्दा अघि थोमस पिनाको ह्यान्ड भएपछि रेफ्रीले भिएआरको सहायतामा बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो। जसलाई सुआरेजले सदुपयोग गरे। अब बार्सिलोनाले लेभान्टेसँगै सेल्टा डि भिगो, गेटाफे र आइबरसँग खेन बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.