समाज

उपत्यकामै खान पाइने भयाे च्याङ्ग्राको सुकुटी र मुस्ताङको आलु
SHARES

बैशाख ११, २०७६

    काठमाडौं : नेपाली परम्परागत खानाको पारखीहरूलाई लक्षित गर्दै उपत्यकामै नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ। 

    काठमाडौंका सिनामंगलमा रहेको लेकाली किचन एण्ड कटिया हाउस नामक रेष्टुरेन्ट सञ्चालनमा आएको हो। यो रेष्टुरेन्टमा विशेष गरि, नेपाली खाना, लोकल खसी र कुखुराको मासु,  च्याङ्ग्राको सुकुटी, कालिजको मासुको परिकार, दाङ र बर्दियाका कुखुराको मासुका परिकार, कोदो, मकै र फापरको ढिँडो, मार्सी चामलको भात, मुस्ताङको आलुका परिकारलगायत नेपाली खानाहरूको परम्परागत स्वादलिन सकिने रेष्टुरेन्टका सञ्चालक मधुसुदन ढकालले जानकारी दिए।

    उक्त रेष्टुरेन्टमा खानाका साथै नेपाली परम्परा झल्काउने स्पेशल इफेक्टसहितका आर्टहरु राखिएका छन्। पछिल्लो समय काठमाडौंलगायत प्रमुख शहरमा करोडौं लगानीमा रेष्टुरेन्ट खुले पनि नेपाली खानाको परम्परागत स्वाद लिन सकिने रेष्टुरेन्ट नगन्य मात्रा रहेका कारण आफूले यस्ताे खालकाे रेष्टुरेन्ट सञ्चालन गरको ढकालको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]