३४ घाइते, तीनको अवस्था गम्भीर

|

डडेल्धुरा : गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार बिहान भएको बस दुर्घटना मृत्यु हेने पाँच जनाकै सनाखत भएको छ।

मृत्यु हुनेमा बझाङको केदारस्युका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, ५५ वर्षीया कल्सीदेवी गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

भीमदत्त राजमार्गअन्तर्गत साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट ६० मिटर तल खसेको जनाइएको छ। ओभर लोड भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइतेमध्ये बझाङको थलरा–३ का धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरी गम्भीर रहेको डडेल्धुरा अस्पतालले जनाएको छ। अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.