|
File Photo

श्रीलंकाको राजधानी कोलम्बोका तीनवटा पाँचतारे होटल र दुईवटा गिर्जाघरसहित आठ ठाउँमा गत आइतबार भएको शृंखलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या ३ सय ५९ जना पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ। 

मृत्यु हुनेमा ३७ जना विदेशी नागरिकसमेत रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ। मृत्यु हुने विदेशी नागरिकमा भारत, अमेरिका, बेलायत, जापानलगायत देशका रहेका छन्।

विस्फोटबाट अझै ५०० भन्दा बढी व्यक्ति घाइते रहेका छन्। उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

राजधानी कोलम्बोको सेन्ट एन्थोनियो चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा विस्फोट गराइएका थिए। यस्तै, राजधानीका पाँचतारे होटलहर" सांग्रि-ला, सिनमन ग्रान्ड र किंसबरीमा पनि विस्फोट भएका थिए। मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो। 

विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ। तर, श्रीलंकाली सरकारले भने सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशंका गरेको छ। यो समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलंक सरकारको अनुमान छ। यद्यपि यसबारे सरकारले आधिकारिक धारणा बाहिर ल्याएको छैन।

उक्त घटनाका संलग्न रहेको आशंकामा सुरक्षाकर्मीले देशका विभिन्न ठाउँबाट ३८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये ९ जनालाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.