|
File Photo

गुल्मी : गुल्मीको छत्रकोट गाउपालिका-४ श्रृंगा कोल गैरामा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन्।  घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

गुल्मी दरबार गाउँपालिका गौँडाकोटबाट बलेटक्सारको लागि छुटेको लु १  च १७ नं जिप र पिपलनेटाबाट लुम्छा जाँदै गरेको लु १२ प २९६७ मोटरसाइकल श्रृंगा देउराली र पिपलनेटाको बीचमा ठोक्किदा सो दुर्घटना भएको हो।

घाइते हुनेमा गुल्मीको मुसिकोट नगरपालिका-४ बडागाउँका जिप चालक २३ वर्षीय तारा रास्कोटी, मालिका गाउँपालिका-६ का २२ वर्षीयका वसन्त पराजुली, रेसुंगा नगरपालिका-२ का ३८ वर्षीय गोपाल पोखरेल, अर्घाखाँची मालारानी गाउँपालिका-४ का २२ वर्षीयका दिलीप केसी र मोटरसाइकल चालक छत्रकोट गाँउपालिका ४ का १८ वर्षीय शालिकराम पन्थ रहेको  जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खडकाले जानकारी दिए।

घाइतेमध्ये पोखरेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। जिप सडकबाट करिब १०० मिटर तल खसेको  प्रहरीले जनाएको छ। घटनाबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.