|

संखुवासभा  : जिल्ला अस्पतालका खाँदबारीका चिकित्सकले आफूखुसी रकम असुल्ने गरेको पाइएको छ। नयाँ नियुक्ति लिने स्थायी शिक्षकहरूको निरोगिताको प्रमाणपत्र बनाउँदा चिकित्सकले मनपरी रकम असुल्ने गरेका रहस्य खुलेको हो। चिकित्सकले मनपरी रकम असुल्दा अस्पताल विकास समिति भने बेखबर रहेको छ।

निरोगिताको प्रमाणपत्र दिँदा चिकित्सकले आफूखुसी रकम असुलेको बारे आफूलाई केही जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले बताए। अस्पतालको नागरिक वडापत्रमा निरोगिताको प्रमाणपत्र दिँदा दुई सय रुपैयाँ शुल्क लाग्ने उल्लेख गरिएको छ। नियमविपरीत कसैले रकम असुलेको भए त्यस्ता गलत कार्य भएको अध्यक्ष शाक्यको भनाइ छ। वडा पत्रमा स्पष्ट उल्लेख गरिएको हुदा सोही अनुसार शुल्क लिनुपर्ने अध्यक्ष शाक्यको भनाइ छ।

स्थायी शिक्षकहरूको नियुक्तिका लागि बनाइने निरोगिताको प्रमाणपत्र जिल्ला अस्पतालका चिकित्सकले छ सय रुपैयाँमा दिने गरेका छन्। भर्खरै स्थायी नियुक्ति पाएका अरुणोदय माध्यमिक विद्यालय भोटखोला गाउँपालिका दुई लिंगमका शिक्षक पिप्बा भोटले निरोगिताको प्रमाणपत्र बनाउनका लागि छ सय रुपैयाँ बुझाएको जानकारी  दिए। उनले सो रकमबापतको नगदी रसिद भने नदिएको शिक्षक भोटेको भनाइ छ।

त्यसैगरी, सभापोखरी गाउँपालिका–१ धुपुका यज्ञराज सुवेदी पनि रसिदबिना नै ६ सय रुपैयाँ तिरेर निरोगिताको प्रमाणपत्र बनाएको बताए। संखुवासभा जिल्लाबाट दुई सय तीन जनाले स्थाई शिक्षकमा नियुत्ति लिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ।

जिल्लामा माध्यमिक तह तर्फ १९, निम्नमाध्यमिक तह तर्फ २१ र प्राथमिक तह तर्फ एक सय ६३ जनाले नियुत्ति लिएका छन्।जस मध्ये अधिकास्सले जिल्ला अस्पतालबाट छ सय रुपैया तिरेर प्रमाण पत्र बनाएको छन्। त्यसैगरी भोजपुरको उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्ला सिलिच्छो गाउँपालिकाका शिक्षकले पनि जिल्ला अस्पताल खाँदबबारी बाटै प्रमाणपत्र बनाएर लगेका छन्। तर गोपालभगत मेमोरियल अस्तालले भने चार सय रुपौयाँ निरोगिताको प्रमाण पत्र दिने गरेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.