|
प्रतीकात्मक तस्विर

रौतहट : नेपाल-भारत सीमा नजिकैबाट एक थान पेस्तोल र त्यसमा लाग्ने गोली प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट मोतीपुर नरकटियाबाट संयुक्त रूपमा खटिएको प्रहरीले चेक जाँचका क्रममा बुधबार एक कटुवा पेस्तोल र गोली बरामद गरेको हो।

प्रहर पर्रोहवा नगरपालिका ८ स्थित नेपाल-भारत सीमा नजिकबाट उक्त हतियार बरामद भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी टोलीलाई देख्नासाथ अपरिचित दुई जना व्यक्ति गम्छा छोडी भागेकोले गम्छाभित्र उक्त कटुवा पेस्तोल र सोको गोली फेला पारी बरामद गरेको प्रहरीले जनाएको हो।

फरार व्यक्तिहरूको खोजी भइरहेको र उक्त हतियारका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.