|

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा बुधबार दिउँसो अटो (ट्याम्पो) दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन्। मरिण गाउँपालिका-४ साहानको नयाँबस्तीबाट साहानतर्फ नै जाँदै गरेको ना१ह ४६४९ नं.को अटो दुर्घटना भएको हो।

दुर्घटनामा परी मरिण गाउँपालिका-३ का वर्ष ३७ कि शान्तिमाया योन्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। योन्जनको प्रथामिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिए। 

दुर्घटनामा मरिण गाउँपालिका-३ चनौटे बस्ने वर्ष ५५ का अटो चालक श्रिलाल माझी, सोही ठाउँका वर्ष ६० का खड्कबहादुर श्रेष्ठ, मरिण गाउँपालिका ४ का वर्ष ४५ कि चिनिमाया वाइबा र मरिण गाउँपालिका ५ की वर्ष १२ कि अन्जना थोकर गम्भीर घाइते भएका छन्। माझीको कम्बरमुनीदेखि तिग्रासम्म चिरिएको छ। श्रेष्ठको हात भाँचिएर शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने वाइवा र थोकरको छाती र शरिरका अन्यभागमा चोट लागेको छ।

यस्तै मरिण गाउँपालिका ५ की वर्ष २५ कि संगीता वाईबा, वडानम्बर ३ बस्ने वर्ष १४ कि संगीता लो र सोही ठाउँबस्ने वर्ष २५ कि मिनु कुमारी योन्जनको पनि कम्मरमा चोट लागि घाइते भएका छन्। घाइते सबैको कपिलाकोट स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ। तिव्रगतीमा रहेको अटो सडकबाट करिब २७ फिट तल खसेको सिंहले जानकारी दिए। दुर्घटनापछि इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली र स्थानीयले उद्धार गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.