|

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन।

दक्षिण अफ्रिकामा हालका दिनहरूका भारी वर्षा भएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरू प्रभावित भएका छन्।

लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा इजिप्टमा भएको सम्मेलनबाट फर्किएका रामाफोसाले यस बाढीबाट ज्यान गुमाएका परिवार र समुदायप्रति दुःख प्रकट गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताएका छन।

यस बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न राष्ट्रपतिले सबैसँग आह्वान गरेका छन। यस बाढी र पहिरोमा परी मंगललबारसम्म ३३ जनाको मृत्यु भएको थियो। तर पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो संख्या ६० पुगेको हो।

यस बाढीका कारण भवन भत्किएका र विद्युत प्रशारण लाइनमा पनि समस्या आएको छ। सहयोग, उद्धारलगायत  बाढी प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा सार्नका लागि दक्षिण अफ्रिकी सेनालाई परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.