|
प्रतीकात्मक तस्विर

काठमाडौं : मंगलबार झिनो अंकको सुधार आएको शेयर बजार बुधबार भने दोहोरो अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १९.१४ बिन्दुले बढेर एक हजार २७९.२९ बिन्दुमा पुगेको छ। मंगलबार नेप्से ३.७४ बिन्दुले बढेर एक हजार २६० मा पुगेर रोकिएको थियो।

यसैगरी ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८० बिन्दुले बढेर २७६.९४ बिन्दुमा पुगेको छ। स्टकका अनुसार बुधबार विभिन्न १७२ कम्पनीका ३४ लाख आठ हजार ३७४ कित्ता शेयर ९५ करोड तीन लाख चार हजार ४१० मूल्यमा खरीद बिक्री भए। कारोबार भएका दश उपसमूहमध्ये जलविद्युत् र उत्पादन उपमूहको शेयर बढ्न सकेनन्। जलविद्युत् १०.६८ र उत्पादन उपसमूहको शयेर २।६९ बिन्दुले घट्यो।

बैंकिङ २७.२, होटल ६०.११, विकास बैंक ३९.३४, वित्त ३.९५, निर्जीवन बीमा १३.६९, अन्य ४.१६, लघुवित्त ६.०१ र जीवन बीमा ११.४६ बिन्दुले बढेको छ। स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको शेयर नौ करोड ९४ लाख छ हजार २६९, ग्लोबल आइएमई बैंकको सात करोड १९ लाख चार हजार ७२०, एनआइसी एसिया बैंकको छ करोड ४० लाख ८४ हजार ७३४, प्रभु बैंक लिमिटेडको छ करोड २७ लाख ६० हजार ९५४ र जनता बैंक लिमिटेडको पाँच करोड ९४ लाख ७८ हजार ४९४ मा खरीद बिक्री भए।

त्यस्तै एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९.७७ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.८८, सहयोगी विकास बैंक लिमिटेड ६.६७, मेगा बैंकका शेयरधनीले ६.०४ ले कमाए। राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९३ प्रतिशतले गुमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ४.८६, नेपाल कम्युनिटी विकास बैंक ४.८६ र आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयर धनीले ४.६८ प्रतिशतले गुमाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.