|

इजिप्टमा सम्पन्न पछिल्लो जनमतसंग्रहले राष्ट्रपति अब्देल फताह अल–सिसीको कार्यकाल बढाउने प्रस्तावलाई प्रचण्ड बहुमतले अनुमोदन गरेको छ।

इजिप्टको निर्वाचन आयोगका प्रमुख लाशिन इब्राहिमका अनुसार संशोधन प्रस्तावको पक्षमा ८८.८३ प्रतिशत र विपक्षमा ११.१७ प्रतिशत मत खसेको थियो।

इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव सहितको संविधान संशोधन प्रस्तावमाथिको जनमतसंग्रहका लागि शनिबारदेखि तीन दिने मतदान भएको थियो।

जनमतसंग्रहले संविधान संशोधन प्रस्ताव पारित गरेका कारण राष्ट्रपति अल–सिसीको वर्तमान कार्यकालमा दुई वर्ष थप गरी सन् २०२४ सम्म पुग्नेछ भने त्यसपछि छ वर्षे कार्यकालका लागि उनी पुनः उम्मेदवार हुन पाउनेछन।

निर्वाचन परिणाम प्राप्त भएसँगै राष्ट्रपति सिसीले समाजिक संजालबाट आमजनताप्रति आभार व्यक्त गरेका छन।

चुनावमा करिब दुई करोड ७० लाखले मतदान गरेका थिए तर यसपटक करिब ४४ प्रतिशत मात्र मतदान भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.