|
प्रतीकात्मक तस्विर

इलाम : राहदानीको प्रतिलिपी निकाल्ने क्रममा दुई कर्मचारीले ६ हजार घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले बुधबार पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा विनोद विसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। एक व्यक्तिको राहदानीको प्रतिलिपी निकाल्ने क्रममा ६ हजार रुपैयाँ घुस मागेपछि दुवैलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो।

दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि इटहरी लगेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.