|
प्रतीकात्मक तस्बिर

जनकपुरधाम : प्रदेश २ को विभिन्न जिल्लाबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका-९ स्थित बस्तिपुर चोकबाट नियन्त्रित लागुऔषध नाईट्रोभेट ट्यावलेटसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सर्लाहीकै लालबन्दी नगरपालिकाका-९ कै ३२ वर्षीय दीपक मगर, १९ वर्षीय सागर ठकुरी, २३ वर्षीय एलिस मगर र ३० वर्षीय रंजित मगर रहेका छन्।

ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको चेकिङ प्रहरी टोलीले पैदल यात्रु तथा सवारी साधन चेकजाँच गर्ने क्रममा दीपक, सागर र एलिस सवार रहेको ना.२६ प ५५४१ मोटरसाइकल रोकी चेकजाँच गर्दा निजहरूको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो। साथै उनीहरूकै नजिकै रहेका प्रत्यक्ष रूपमा लागुऔषध ओसार पोसारमा संलग्न साथी रञ्जित मगरलाई उक्त कार्यमा संलग्न रहेको पाइएकोले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

यसैगरी सिरहाको बरियारपट्टि गाउँपालिका-३ स्थित समार टोलबाट नियन्त्रित लागुऔषध नोर्फिन, फेनारगन ८०/८० एम्पुल र डाइजोल्याव ७९ एम्पुलसहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका-८ का २४ वर्षीय रमेश महतो रहेको सिरहा प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका रमेशलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी इलाका प्रहरी कार्यालय बरियारपट्टि  सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

त्यसैगरी, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-१२ मुर्लीस्थित पोखरीबाट करिव अवैध १० किलो चरेश प्रहरीले बरामद गरेको छ। पोखरीमा स्थानिय बालकले नुहाउने क्रममा उक्त परिमाणको चरेश गाडी लुकाई राखेको अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय जनकपुरधाम प्रहरी नाउव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.