|

काठमाडौं : विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले भिसा स्टिकरबापतको ठूलो रकम राज्य कोषमा दाखिला नगर्दा हिनामिना भएको आशंका उत्पन्न भएको छ।

नेपाली दूतावास र महावाणिज्य दूतावासहरूले भिसा स्टिकरको राजस्व दाखिला नगरेको सरकारी निकायले नै प्रष्ट पारेको छ। अध्यागमन विभागले बारम्बार राजस्व दाखिला गर्न आग्रह गर्दै आए पनि उनीहरूले बेवास्ता गर्दै आएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा समेत भिसा स्टिकरबापतको राजस्व विवरण अद्यावधिक नभएको उल्लेख छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले स्टिकर दिएको तर त्यसबापतको राजस्व दाखिला भए÷नभएको विवरण आफूसँग नभएको बताए। 

नियोगमा स्टिकरबापत उठेको राजस्वको विवरण परराष्ट्र हुँदै अध्यागमनमा समेत आउनु पर्छ। तर परराष्ट्रले एकपल्ट पनि विवरण अध्यागमनमा पठाएको छैन। परराष्ट्रले विवरण पठाए स्टिकरको राजस्वमा दाखिला भए/नभएको अद्यावधिक गर्न सहज हुने अध्यागमन विभागका एक अधिकारीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.