|

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र संचालित निजी विद्यालयहरूले वृद्धि गरेको शुल्क खारेज हुने भएको छ। बुधबार बसेको काठमाडौं  महानगरपालिका शिक्षा समितिलेको बैठकले यसअघि निजी शैक्षिक संस्थाले बढाएको २७ प्रतिशत शुल्क खारेज गर्ने निर्णय गरेको हो। 

कार्यपालिकाका कुनै पनि सदस्य सहभागी नभइ बसेको बैठकले गरेको वर्गिकरण तथा समिति आफैँ अवैधानिक भएको भन्दै  उक्त समितले गरेको निर्णय खारेजी गरिएको महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बताएको कुरा नागरिक दैनिकले उल्लेख गरेको छ। 

' स्थानीय सरकार संचालन ऐन कार्यन्वयनभएसँगै विद्यालयको शुल्क निर्धारण नगरपालिकाले गर्ने हो, हालसम्म गरेको कार्यापालिका बैठकले शुल्कबारे कुनै प्रस्ताव गरेको छैन' उपप्रमुख खड्गीले भनिन्। 

अब कार्यपालिकाले वैज्ञानिक हिसाले शुल्क निर्धारण गर्ने उपप्रमुख खड्गीको भनाई रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.