|

काठमाडौं : चालू आर्थिक वर्षमा बेरोजगार भत्ता वितरण नहुने भएको छ।

बेरोजगार पहिचान र उपलब्ध रोजगारी यकिन गर्ने कार्यमा भएको ढिलाई तथा न्यूनतम रोजगरीको अवधि बाँकी  नुहँदा यस वर्ष बेरोजगार भत्ता वितरण असम्भव भएको हो भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। 

सरकारले बेरोजगारलाई न्यूनतम राेजगारी दिन नसकेमा बेरोजगारलाई भत्ता उपलब्ध गराउने भन्दै गत फागुन १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममा घोषणा गरेका थिए। हरेक स्थानीय तहमा रहेर रोजगार सेवा केन्द्रले १६ देखि ६० वर्ष उमेर समूहका बेरोजगारको पहिचान गर्ने, अभिलेख तयार पार्ने कार्यक्रमको सहजीकरण गर्ने र स्थानीयस्तरमा तीनै तहका सरकारले उपलब्ध गराउने रोजगारीको पहिलाचन गरी रोजगार केन्द्रमा सूचीकृत बेरोजगारका लागि रोजगारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको थियो।

तर रोजगार संयोजक नियुक्ति गर्न दुई पटक परीक्षा सञ्चालन गर्दासमेत अझै २५ स्थानीय तहमा संयोजक खटाउन सकेको छैन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.