|

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ। एम चिन्नास्वामी स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टिम बैंगलोरले पन्जाबमाथि १७ रनको जित निकालेको हो। 

बैंगलोरले दिएको २०३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो। पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोडे।   बैंगलोरका उमेश यादवले ३ तथा नाभिद सइनीले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो।  

बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पार्थिव पटेलले ४३ रन बनाए। कप्तान विराट कोहली १३ रनमा आउट भए। पन्जाबका मोहमद शामी, रविचन्द्र आश्विन, मुरुगान आश्विन र हार्डुस भिल्जोइनले १÷१ विकेट लिए।

जितसँगै बैंगलोर सातौं स्थानमा उक्लिएको छ। बैंगलोरले ११ खेलबाट ८ अंक जोडेको छ। पराजित पन्जाब पाँचौं स्थानमा रहेको छ। पन्जाबले ११ खेलबाट १० अंक जोडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.