|

काठमाडौं : सरकारी स्वामित्वको सञ्चारगृह गोरखापत्र संस्थानले नायब कार्यकारी सम्पादकदेखि प्रेसमा काम गर्ने प्राविधिकसम्म बिभिन्न ५८ पदमा ६८ जना कर्मचारी माग गरेको छ। शनिबार सूचना प्रकाशित गरी गोरखापत्रले पत्रकारिता, प्रशासन र प्राविधिक सेवामा कर्मचारी माग गरेको हो।

गोरखापत्रले पत्रकारिता सेवामा आन्तरिक प्रतियोगिताबाट नायब कार्यकारी सम्पादक र सहसम्पादक १/ १ जना माग गरेको छ भने उपसम्पादक २ जना माग गरेको छ। त्यस्तै खुलातर्फबाट १ जना अंग्रेजी समाचारदाता,  ४ जना अंग्रेजी सहायक समाचारदाता र ६ जना नेपाली सहायक समाचारदाता माग गरेको छ।

दुई जना जुनियर फोटो ग्राफर र तीन जना जुनियर आर्टिस्ट पनि माग गरेको छ। अंग्रेजी समाचारदाताका लागि स्नातक उतीर्ण हुनुपर्नेछ भने अंग्रेजी सहायक समाचारदाता र नेपाली सहायक समाचारदाताका लागि प्लस टु उतीर्ण हुनुपर्नेछ। त्यस्तै जुनियर फोटोग्राफर र जुनियर आर्टिस्टका लागि एसएलसी उतिर्णले पनि आवेदन दिन पाउनेछन्।

त्यस्तै प्राविधिक तर्फ वरिष्ठ कम्प्युटर अधिकृत, नेपाली र अंग्रेजी प्रुफ रिडर, सहायक प्रुफ रिडर,  कम्प्युटर इन्जिनियर, मेकानिकल इन्जिनियर, कम्प्युटर अपरेटर, ग्राफिक डिजाइनर, प्रेस म्यान लगायतका पदमा कर्मचारी माग गरिएको छ। इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ३५ दिन र थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सक्ने सूचनामा जनाइएको छ।

हेर्नुस् सूचना

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.