खेलकुद

आर्मी बन्यो आठौं राष्ट्रिय खेलकुदको च्याम्पियन, नवौं संस्करण गण्डकी प्रदेशमा
SHARES

बैशाख १२, २०७६

    बाँके :  आठौँ राष्ट्रिय राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। बुधबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले खेलको समापन गरे। 

    प्रतियोगितामा नेपाल आर्मीले सर्वाधिक पद हात पार्दै टिम च्याम्पियन भएको छ। आर्मीले १४० स्वर्ण,  ८२ रजत र ६७ कास्य पदक हात पारि टिम च्याम्पियन बन्यो। ६२ स्वर्ण, ४९ रजत र ४६ कास्य पदक हात पारि नेपाल पुलिस दोस्रो भयो।  सशस्त्र प्रहरीको एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८० कास्य गरि २०३ पदक जितेको छ। स्वर्णमा नेपाल पुलिसले एपीएफभन्दा धेरै पटक जिते पनि कुल पदक तालिकामा उसले कम पदक हात पारेको छ। 

    अन्य प्रदेशलाई पछाडी पार्दै पदक तालिकामा प्रदेश ३ अगाडी देखिएको छ। प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कास्य गरि १२२ पदक जित्दा गण्डकी प्रदेशले प्रदेश  २२ स्वर्ण, २१ रजत र ४४  कास्य पदक जितेको छ। प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ कास्य जदक हात पार्न सफल भएको छ।

    प्रतियोगितामा प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ कास्य पदक हात पारेको छ भने, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३५ कास्य पदक जितेको छ। प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० कास्य गरि ३३ पदक ल्याएको छ। कर्णाली प्रदेशले सबैभन्दा कम पदक ल्याएको छ। गैरआवासिय नेपाली संघ (एनआरएन) ले ६ स्वर्ण, २ रजत र ५ कास्य पदक ल्याउँदा कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ कास्य गरि २४ पदकमा सिमित भयो।  

    प्रतियोगिताको समापन गर्न बाँकेको नेपालगञ्ज आइपुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय प्रतियोगिताले तल्लोस्तरबाट खेलाडी उत्पादन गर्ने थलो भएको बताएका छन्। उनले आठौँ राष्ट्रिय प्रतियोगिताले प्रदेश ५ को नेपालगन्जलगायत विभिन्न जिल्लाको खेलकुद विकासमा टेवा पु¥याएको बताउँदै राज्यले भौतिक संरचनासँगै खेलाडीको वृत्ती विकासमा जोड दिनुपर्ने बताए।  उनले आठौँ राष्ट्रिय प्रतियोगिता ऐतिहासिक भएको बताउँदै निर्माण भएका संरचनाको संरक्षणको ब्यवस्था मिलाउनु पर्ने बताए। 

    नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा 

    आठौँ राष्ट्रिय प्रतियोगिता समापन सँगै नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को बुधबारको बैठकले २०७७ साल फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ।

    पारिवारिक शोकका कारण खेलकुद मन्त्री जगत विश्वकर्मा बोर्ड बैठकमा उपस्थित नभए पनि उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको हो।

    यसअघि आठौंको आयोजना पोखरामा हुने भनिएपनि अन्तिम समयमा नेपालगन्जमा गर्ने निर्णय भएको थियो। खेलकुद मन्त्री जगत विश्वकर्मा समेत गण्डकी प्रदेशबाट निर्वाचित सांसद हुन्। उनले समेत नवौं संस्करण गण्डकी प्रदेशमा आयोजना हुने बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]