३१ जिल्लाका ११ सय ९७ स्वास्थ्य संस्थामा क्षति

|

काठमाडौं : २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। भूकम्पमा परी करिब नौ हजारले ज्यान गुमाएका थिए। त्यसयता भूकम्पका परकम्प निरन्तर गइरहेको छ। भूकम्पमा  धेरैले ज्यान मात्र गुमाएनन्। धेरै भौतिक संरचनाहरूमा पनि क्षति पुर्‍यायो।

३१ वटा जिल्लाका विभिन्न सार्वजनिक भौतिक संरचनाहरू नै नष्ट गरिदियो। जनतालाई स्वास्थ्य सेवा दिने धेरै स्वास्थ्यका संरचनाहरू समेत नष्ट गरिदियो।०७२को भूकम्पले ३१ जिल्लाका एक हजार एक सय ९७ स्वास्थ्य संस्थामा क्षति पुगेको थियो। जसमा पाँच सय ४४ वटा वटा संस्था पूर्णरूपमा र ६ सय ५३ वटामा स्वास्थ्य संस्थामा सामान्य  क्षति पुगेको थियो।

भूकम्प गएको चार वर्षसम्ममा पनि भत्किएका ती स्वास्थ्य संस्था अझै पूर्णरूपमा निर्माण हुन सकेका छैनन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार बल्ल ६ सय ४३ वटा स्वास्थ्य संस्था मात्र पुनर्निर्माण भएका छन्। यस्तै, हाल १ सय ४५ वटा स्वास्थ्य संस्थाको निर्माण भइरहेको प्राधिकरणले बताएको छ। गत वर्षसम्ममा ५ सय ८६ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेका थिए।

भूकम्पले सबैभन्दा बढी त १४ जिल्ला गोरखा, धादिङ, नुवाकोट, रसुवा, भक्तपुर, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, ओखलढुंगा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीका स्वास्थ्य संस्थामा क्षति गरेको थियो। यी  जिल्लाका ६ सय २८ स्वास्थ्य संस्थामा क्षति भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.