|

काठमाडौं : कवि तथा गजलकार कस्तुप गैरेद्वारा स्वरवद्ध ‘आँखैमा गाजल’ शीर्षाकृत गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गीतकारका रूपमा समेत परिचित गैरैलाई देवी घर्तीले गाउन सघाएकी छन् । 

वैदेशिक रोजगारीक्रममा दक्षिण कोरियामा रहेर पनि लोकदोहोरी गायकको परिचय फराकिलो बनाउँदै गएका उनकोे आवाज र सिर्जनालाई सम्भावना बोकेको सर्जकका रूपमा बुझ्नेको कमी छैन । 

गीतकार रवीन्द्र लामिछानेको शब्द तथा लय रहेको म्युजिक भिडियोमा युवा लोकदोहोरी गायक गैरेले लोभलाग्दो अभिनयसमेत गरेका छन् । मोडल अपेक्षा बस्याल र गैरेको अभिनयले गीतको भाव समातेर अभिनय गरेका छन् । गैरे, बस्याल र प्रकाश समीरको अभिनय रहेको म्युजिक भिडियो शिव विकले निर्देशन गरेका हुन् ।

वैदेशिक रोजगारीक्रममा दक्षिण कोरियामा रहेका कवि, गजलकार, गीतकार, लेखक, गायक र मोडलको परिचय बनाएका गैरेले प्रत्येक समय सदुपयोग गरेका छन् । हालै सार्वजनिक म्युजिक भिडियो नृत्यमा रमाउनेका लागि विशेष खुराक बनेको छ भन्ने बढ्दै गएका छन् ।

यसअघि उनको ‘चिलाउनेको रूख’ मा शीर्षाकृत गीतको म्युजिक भिडियो सार्वजनिक भइसकेको थियो ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.