|

काठमाडाैं : चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीलाई भब्य स्वागत गरिएको छ। नौ दिने चीन भ्रमणमा रहेकी भण्डारीलाई सियान विमानस्थलमा सान्सी प्रान्तका उप गर्भनरले स्वागत गरेका थिए।

त्यस्तै भण्डारी बस्ने होटलको छतमा नेपाली झण्डा फराइएको छ। जुन राष्ट्रपति भवनको झल्को दिने जस्तै छ। सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन्। यस होटेलको छतमा नेपालको झण्डा फर्फराएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरिन्। 

मन्दिर परिसरमा उनलाई मन्दिरका प्रमुख चेन किङले स्वागत गरे। साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो। चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ। ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ।

यो मन्दिर ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो। यस मन्दिरमा पुजारी सेङचुङले भारतबाट ल्याउनुभएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो।  भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिन्।  मन्दिर अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.