|

काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरू सेवा बहिष्कार गरी आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा प्रभावित भएको छ। हाल अस्पतालमा कर्यरत नर्सहरूले पुराना कर्मचारीको ग्रेडिङ, स्थायी लगायतका ६ बुँदे माग राखी आफूहरू आन्दोलनमा उत्रिएको नर्स त्रजिना जतिले बताइन्।

उनले भनिन्, 'हाल यहाँ कार्यरत नर्सहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने हाम्रो माग छ, अहिले लोकसेवाबाट खुला प्रतिस्पर्धाबाट स्थायी बनाउने भनिएको छ, यो हामीलाई मान्य हुँदैन, योबाहेक अरू पनि हाम्रा माग छन्।'

स्थायीको प्रक्रिया पूरा गर्दै छौँ : निर्देशक श्रेष्ठ

यता, अस्पतालका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले भने लामो समयको तयारीपछि यसपटक मन्त्रालयले दरबन्दी स्वीकृत गरी स्थायी पदपूर्तिका लागि लोकसेवालाई आग्रह गर्ने कार्य भइसकेको  र अब एक दुई दिनमा विज्ञापन खुल्ने हुँदा आन्दोलन गर्नुपर्ने कुनै पनि कारण नरहेको बताए।

उनले भने, 'हामीले विभिन्न प्रयासबाट अस्पतालका नर्सहरूको स्थायी प्रक्रिया पूरा गर्दै छौँ, जसको लागि केही दिनमा लोकसेवाबाट प्रकृया अगाडि बढ्छ होला यस्तो बेला आन्दोलन गर्नु पर्ने कुनै कारण छैन।'यस्तै निर्देशक डा श्रेष्ठले अस्पतालको तर्फबाट आफ्ना कर्मचारीलाई दिने अन्य सेवा सुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको  समेत बताए।

अस्पतालमा भएको आन्दोलनका कारण बिरामीले पाउने सेवा प्रभावित भइरहेको छ। हाल अस्पतालमा दैनिक एक सयभन्दा बढीको मिर्गौला डायलासिस तथा  हप्ताको ७ वटा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ। उनले आफ्ना कर्मचारीको सुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको बखतमा बिरामीको उपचार नै प्रभावित हुने गरी आन्दोलन गर्नु दुखद रहेको बताए।

नर्सिङ कर्मचारीहरूले सेवा छोडेर आन्दोलन गरे पनि  आइसियु, इमर्जेन्सी, ओटी तथा प्रत्यारोपण सेवा भने प्रभावित नभएको निर्देशक डा श्रेष्ठले बताए। करिब ६ वर्षअघि स्थापित केन्द्रले प्रत्यारोपणको क्षेत्रमा बेग्लै पहिचान बनाएको केन्द्रमा हाल ९६ जना नर्स कार्यरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.