|

विश्वकप क्रिकेटका लागि वेष्टइण्डिजले ज्यासन होल्डरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टिममा क्रिस गेल र आन्द्रे रसेल रहेका छन्।

सन् २०१५ पछि एक मात्र अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेका आन्द्रे रसेल यसपटक टिममा परेका छन्। आइपिएलमा आफूलाई 'पावर हिटर' सावित गरेका रसेलले जारी संस्करणमा अहिलेसम्म सबैभन्दा धेरै ४१ छक्का प्रहार गरेका छन्।

किरोन पोलार्ड र मार्लोन स्यामुयल्स भने टिममा परेनन्। स्पिनर सुनिल नराइन पनि औंलाको लिगामेन्ट सर्जरी गर्नुपर्ने भएकाले टिममा पर्न सकेनन्। २०१९ मा हुने विश्वकप क्रिकेटका लागि वेस्टइन्डिजको टिममा फाबियान एलन, डारेन ब्राभो, कार्लोस ब्रेथवेट, सेल्डन कोट्रेल, सैनन गाब्रिएल, सिम्रन हेटमेयर, साही होम र क्रिस गेल रहेका छन्।

३९ वर्षीय क्रिस गेलको यो अन्तिम विश्वकप हुनेछ। उनले यसअघि नै विश्वकपपछि स‌ंन्यास लिने घोषणा गरिसकेका छन्। इभिन लेविस, आस्ले नर्स, निकोलास पोरन, केमर रोच र ओसान थोमस पनि टोलीमा छन्। विश्वकप क्रिकेट आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.