|

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूले सामूहिक राजीनामा दिएका छन्। भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरूले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरूको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्। ४ वर्षअघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भइरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरूले भने सरकारले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन्।

सेवा सुविधा तथा भत्ता उपलब्ध गराउन माग मार्दै आएका थिए। नौ महिनासम्म पनि आफ्ना माग सरकारले सुनुवाइ नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरूले सामूहिक राजीनामा दिन बाध्य हुनुपरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिए।

प्राधिकरणका इन्जिनियरहरूले विगत नौ महिनायता कटौती गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए। तर, त्यसको सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनुपरेको समितिका अध्यक्ष अमरको भनाइ छ। समितिले आफूहरूको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुन: फर्कने प्रतिबद्धता पनि जनाएको छ।

भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनर्निर्माणमा खटिएका करिब १ हजार ५ सय इन्जिनियरहरूले गत फागुन २५ गतेबाट आन्दोलन सुरु गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.