|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताए। गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरू यस अवधिमा निर्माण भइसक्ने बताए। 'अबको २० महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइक्छन्' प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले पुनर्निर्माण मा कुनै विवाद नझिक्न आग्रह गरे। भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन। हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नु हुँदैन।'

 प्रधानमन्त्री ओलीले नेपालीलाई बहादुरीले मात्र होइन विद्वताले पनि चिनाउनुपर्ने बताए। 'नेपाली विद्वान पुर्खाका सन्तान हुन्। हामीलाई संसारले बहादुर भनेर मात्र चिनियाे। तर हामीले नेपालाई विद्वानको देश भनेर पनि चिनाउनुपर्छ' प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेको  त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरूको निरक्षण गरे।

प्रधानमन्त्री ओली बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्रधाकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाडाैं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.