|

काठमाडौं : पोखरा विश्वविद्यालयका विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा बिहीबार प्रदर्शन गरेका छन्। डि प्लस ग्रेड आउने विद्यार्थीले पनि परीक्षा दिन पाउनुपर्छ भन्ने मागसहित विद्यार्थी समूहले प्रदर्शन गरेका हुन्।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४२ कलेजले कलेजको नियमविपरीत र आफूखुसी विद्यार्थी भर्ना गरेको भन्दै विश्वविद्यालय विवादमै अल्झिएको थियो। पटक पटक भएको विवाद र विद्यार्थीले गरेको आन्दोलन नरोकिएपछि गत हप्ता विश्वविद्यालयमा बसेको प्राज्ञिक परिषद्को बैठकले एक विज्ञप्ति जारी गर्दै डि ग्रेड ल्याउने विद्यार्थीको रजिष्ट्रेशन नहुने बताएको थियो।

विद्यार्थीको आन्दोलनका कारण पोखरा विश्वविद्यालयले लिने भनेको परीक्षा पनि पटकपटक स्थगित भएको थियो। सुरुमा फागुन ३० मा सञ्चालन गर्ने भनिएको परीक्षा चैत्र ३० हुँदै वैशाख ६ लाई परीक्षा मिति तोकिएको थियो।

विद्यार्थीको आन्दोलन जारी भएपछि अन्तिम मिति वैशाख १६ लाई तोकिएको छ। वैशाख १६ बाट सञ्चालन गर्ने भनिएको परीक्षामा डी ग्रेड ल्याउने विद्याथीले पनि परीक्षा दिन पाउने व्यवस्थाको माग गर्दै पुनः आन्दोलित बनेका हुन्। 

यसअघि आन्दोलनमा उत्रिएका विद्यार्थीले ‘डी ग्रेड’ ल्याउने विद्यार्थीको रजिष्ट्रेशन लिन नहुने भन्दै केन्द्रीय कार्यालयको उपकुलपति, रजिष्टर, र परीक्षा नियन्त्रकको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। विद्यार्थीकै आन्दोलन र तालाबन्दीका कारण फागुन ३० मा सञ्चालन गर्ने भनिएको परीक्षा वैशाख १६ सम्म पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.