|

जाजरकोट स् निर्माण कार्य थालिएको १२ वर्षपछि जाजरकोट-जुम्ला सडकको विवाद सल्टाउन कर्मचारीसहित सांसद गाउँमा पुगेका छन्। विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारी साधनहरू चल्न धौ-धौ परेको यस सडकखण्डको विवाद सल्टाउन कर्मचारी लिएर सांसद गाउँ पुगेका हुँन्।

सांसद गणेसप्रसाद सिंहले नेतृत्व गर्दे सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्ट, पूर्वसांसद भक्तबहादुर शाह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्ती लगायतको टोली गाउँमा पुगेका हुन्। निर्माण कार्य सुरु भएको १२ वर्षसम्म यातायातका साधनहरू चल्नन सकेपछि चौतर्फी आलोचना भएको थियो।

स्टिमेटभन्दा बाहिर गई निर्माण गरिएपछि यो सडकमा यातायातका साधनहरू चल्न नसक्ने अवस्था सिर्जना भएको थियो। सरोकारवाला निकायको उपस्थितिमा स्टिमेट बदलेर सडक पूर्णरूपमा निर्माण गर्ने सहमति भएको छ।

यो सडकलाई कर्णाली प्रदेश सरकारले  लुम्बिनी-जाजरकोट-खलङगा-बाहुनथाना-राङ्सी-पाँचकाटिया-जुम्ला हुँदै  रारा जोड्ने रणनीतिक महत्वको रूपमा लिदै आएको छ। विवादका कारण सडकको स्तरउन्नति हुन नसक्दा सडक निर्माण कार्य अलपत्र पर्दै आएको थियो। अहिले सो सडकको खण्ड, खण्डमा ग्रावेलको कामसँगै र फराकिलो बनाउने कार्यसमेत सुरु भएको सांसद सिंहले बताए।

विवादका कारण सडकको मर्मत गर्न समस्य भएको भएता पनि अब समाधान भएपछि काम अगाडि बढ्ने डिभिजन प्रमुख भट्टले बताए। उनले भने 'रकम विनियोजन गर्ने काम सांसदहरूको हो, हामी कार्यान्वयनकर्ता हो, विवाद समाधान भएपछि काम गतिमा बढ्छ।'

चुनावमा भोट हाल्नका लागि कार्यकर्तामार्फत खबर पुर्‍याउने नेताहरू गाउँमा आएर विवाद सल्टाएको र भेटघाट गरेको पहिलो घटना भएको स्थानीय मैनकला ओलीले बताइन। उनले भनिन् 'हामी गाउँमा सडकका लागि सधै लड्ने मात्र काम हुन्थ्यो, उर्को थरी मान्छे नहुँदा विवाद समाधान हुर्दैन्थ्यो आजदेखि आनन्द भयो।'

'ट्याक्टर मात्र हिड्ने यो सडकमा छिटै बस सञ्चालन भएको देख्न पाऊँ' अर्की पबित्रा शाहले बताइन्। उनले भनिन् 'हामीले विवाद गर्दा र पहिलाका नेताहरूले स्वार्थका कारण सडक बिगारेर गाडी चढ्न पाइएन, अब छिटो समस्य समाधान होस्।'

यो सडकलाई सरकारले रणनीतिक महत्त्वका रूपमा लिएर लुम्बिनी र रारा जोड्ने लक्ष्य लिएको छ। सडक निर्माण भएसँगै जाजरकोट केन्द्रमा पर्दछ। जाजरकोट भएर मध्य पहाडी लोकमार्ग सडक दैलेख जाने गर्दछ भने जाजरकोट भएर डोल्पा हुँदै चीन जोड्ने सडक निर्माण कार्य जारी रहेको छ। 

जाजरकोट बीच बिन्दुमा भएकाले सडक निर्माण पछि प्रयाप्त लाभ जाजरकोट जनताले सक्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताए। मन्त्री बस्नेतले भने 'हामी जाजरकोटबासी तीन वटा सडकको बीच बिन्दुमा छौँ, जाजरकोट छोएर तीन वटा त्रिदेशीय सडक निर्माण भइरहेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.