|

विराटनगर : मोरङ क्षेत्र नम्बर ३ (१) का सांसद सूयर्माराज राईले पथरीमा रीना बस्नेत मृत्यु प्रकरणमा प्रहरी अधिकारीमाथि नै छानविन गर्नुपर्ने माग गरेका छन्।पथरीमा पछिल्लो ५ महिनाको अवधिमा सोही प्रकृतिका घटना श्रृंखलाबद्ध भएको बताउँदै राईले मृतकले आत्महत्या गरेको रिपोर्ट दिएर प्रहरी पन्छिन नपाउने बताए। प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले नागरिकको बुझाई कोहीले पनि आत्महत्या नगरी कसैले हत्या गरेको भएको बताए।

उनले श्रंखलाबद्ध भएको यसखालका घटनाले पथरी क्षेत्रमा आतंक मच्चिरहेको भन्दै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने र घटनालाई ढाकछोपको प्रयास भएको हो कि भन्ने आशंका पनि गरे। यस्तै संसदको शून्य समयमा बोल्दै इलामकी सांसद खिनु लङ्वा लिम्बूले इलामको जोगमाइमा रहेको आलु विकास केन्द्रको जग्गा प्रदेश सरकारको मातहत ल्याउनुपर्नेमा जोड दिइन्

प्रदेश मातहत ल्याएर त्यस क्षेत्रमा जडिबुटी उत्पादन र प्रशोधन केन्द्र बनाउनु पर्नेमा लिम्बूले जोड दिए। यस्तै सांसद नवोदिता चौधरीले प्रदेशको नाम, काम र दाम छैन भन्दै हल्ला गरेर संघीय संरचना ध्वस्त पार्न लागिएको आरोप लगाए। उनले शिक्षा मन्त्रालयले प्रदेशले र  स्थानीय सरकारले गर्ने शिक्षक नियुक्तिको काम पनि आफैँ गर्न लागेको भन्दै असन्तुष्टि पनि जनाए। चौधरीले संघीय संरचना समाप्त पार्न भूमिगत हिसाबले कुनै खेल भइरहेको दाबीसमेत गरे।

 बिहीबारको प्रदेशसभा बैठकले सामाजिक विकास समितिले दिएको प्रतिवेदन सहितको प्रदेशको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। यस्तै संसदमा विपद् व्यवस्थापन ऐन २०७५ को पहिलो संशोधन विधेयक सदनमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले पेश गरे। उक्त विधेयकमाथिको सामान्य छलफलमा सांसद विमल कार्की र शिवनारायण गनगाईले धारणा राखेपछि वैठक स्थगित भएको छ। 

सचिव पराजुलीको पदभार ग्रहण

नवनियुक्त प्रदेश १ प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ लिए। सफथ ग्रहणलगत्तै पराजुलीले बिहीबार नै पदभारसमेत ग्रहण गरे। पराजुलीलाई प्रदेशसभा सचिवालयमा एक कार्यक्रम गरी सभामुख प्रदीपकुमार भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएको हो।

नेपालको संविधानको धारा १९५ (१) अनुसार सभामुखले पराजुलीलाई यसअघि सचिवमा नियुक्तिको सिफारिस गरे। प्रदेश प्रमुखले नियुक्ति गरेसँगै पराजुलीको सपथ ग्रहण गरिएको हो। प्रदेशसभाको सचिव नियुक्त भएसँगै प्रदेशसभामा दुई सचिब रहनेछन्। प्रदेशसभा सचिबालय सचिवले आन्तरिक प्रशासनको नेतृत्व गर्नेछन् भने नियुक्त हुने सचिवले संसदीय कामको नेतृत्व गर्नेछन्। सचिबलाई प्रदेशको प्रमुख सचिव सरहको सेवा र सुविधा दिइने छ। पराजुली यसअघि प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव हुन्।लामो समय निजामती सेवामा रहनु भएका पराजुलीले पदावधि सकिन ४ महिना बाँकी छँदै राजिनामा दिएर राजनीतिक नियुक्ति लिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.