राजनीति

प्रदेश १ : राजधानी र नामाकरण सहमतिमै टुंग्याइने
SHARES

बैशाख १२, २०७६

    विराटनगर : संसदमा प्रतिनिधित्व गर्ने प्रदेश १ का ५ राजनीतिक दलले प्रदेशको स्थायी राजधानी र नामाकरण यही वैशाख २२ गतेभित्र सक्ने सहमति भएको छ। 

    मुख्यमन्त्री शेरधन राईको पहलमा विराटनगरस्थित प्रदेशसभा सचिवालयमा बसेको सर्वदीय बैठकले यस्तो निर्णय गरेको नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले  जानकारी दिए। सरकारले संसदमा पेश गरेको वृहत विराट क्षेत्र विकाससम्बन्धी विधेयक सर्वसम्मतिका साथ आउँदो १५ गते पारित गर्ने र वैशाख २१ र २२ गतेभित्र राजधानी र नामको विषय टुंग्याउने सहमति भएको भण्डारीको भनाइ छ।

    भण्डारीका अनुसार सभामुखले प्रस्ताव आव्हान गरेपछि सर्वदलीय हिसावले नै राजधानीको विषय संसदमा लाने विषयमा पनि विपक्षी दलसँग सहमति भएको छ।बैठकपछि सामान्य प्रतिक्रिया दिँदै नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले पनि यही अधिवेशनमा प्रदेशको राजधानी र नामको विषय टुंगो लगाउने विषयमा समान्य छलफल भएको बताए। सभामुखले १५ गते प्रदेशको राजधानी र नामाकरणको लागि प्रस्ताव आव्हान गर्ने कुरा जानकारीमा आएको भन्दै कोइरालाले उक्त विषयको टुंगो लाग्नसक्ने बताए। 

    सर्वदलीय बैठकमा सरकारले सदनमा प्रस्तुत गरेको वृहत विराट क्षेत्र विकाससम्बन्धी विधेयक विकास र समृद्धिका लागि ल्याएको भन्दैे विपक्षीलाई मुख्यमन्त्री राईले आश्वास्त पार्ने कोशिष गरे। उक्त विधेयक सर्वसम्मतिले १५ गते पारित गर्ने पनि सहमति भएको प्रमुख सचेतक भण्डारीको दाबी छ। यद्यपि कांग्रेसका नेता कोइरालाले भने औपचारिक कुनै सहमति नभएको तर सामान्य छलफल भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]