समाज

'निदाल भाँचिएर किच्छ कि भन्ने डरले पढ्‍न सक्दैनौँ'
SHARES

चार वर्षदेखि टेकोकै भरमा विद्यालय

बैशाख १२, २०७६

    ताप्लेजुङ :  सिदिङ्वा गाउँपालिका–४ मिश्रटारस्थित लुङसुङ पौवा प्राथमिक विद्यालय भवन जीर्ण बनेको लामो समय भइसक्दासमेत पुनर्निर्माणमा कसैले चासो देखाएका छैनन्। जसले गर्दा जीर्ण रहेको विद्यालयकै भवनबाटै पठनपाठन हुने गरेको छ। १० वर्षअघि भाँचिएको भवनको तेस्रो तला थाम्न राखिएको निदाललाई टेको दिएर अड्याइएको छ।

    कक्षा पाँच की विनिता लिम्बूले भनिन्, 'निदाल भाँचिएर किच्छ कि भन्ने डर लागिरहन्छ, कक्षामा प्रवेश गरेपछि कतिबेला छुट्टी हुन्छ र बाहिर जाऊँ जस्तो हुन्छ।' भूकम्पले दुईवटा कोठा चर्किएका छन्। त्यही जीर्ण भवनको धराप कोठामा बसेर बालबालिका पढ्न बाध्य छन्। लिम्बूले भित्र बसेर पढ्न सक्ने अवस्था नहुँदा नहुँदै पनि डराइडराइ पढ्नुपर्ने बाध्यता रहेको गुनासो गरिन्।

    ०२५ सालमा स्थापित विद्यालयमा ५० जना विद्यार्थी मात्र छन्। एउटा भवन छ, जसमा छ वटा कोठा छन्। भवन राम्रो नभएको र प्रतिदिन जीर्ण बन्दै गइरहेका कारण पठनपाठनमा समेत समस्या हुने गरेको प्रधानाध्यापक कमला निरौलाले बताइन्।

    निरौला उक्त विद्यालयमा ०७० सालदेखि कार्यरत छिन्। प्रधानाध्यापक कलाले भनिन्, 'विद्यालयको भौतिक पूर्वाधार राम्रो छैन, ०७० सालअघि नै निदाल भाँचिएको रहेछ। भूकम्पले समेत धेरै ठाउँमा चर्काएको छ,यस्तो हालतमा विद्यार्थी र शिक्षक दुवैले कक्षाकोठामा बसेर पठनपाठन गर्नुपर्ने अवस्था छ।'

    उनले अधिकांश समय चउरमा पढाउने गर्दा विद्यार्थीलाई चिसोले समस्या पारिरहेको बताइन्। ठूलो हावाहुरी र वर्षा हुँदा भवन पूर्णरूपमा भत्किन सक्ने जोखिम रहेको निरौलाको भनाइ छ। भवनबारे सम्बन्धित निकायमा बारम्बार जानकारी गराए पनि सुनुवाइ नभएको प्रधानाध्यापक निरौलाको गुनासो छ।उनले भनिन् 'पहिले जिल्ला शिक्षा कार्यालय हुँदा धेरैपटक भवनको माग गर्‍यौ,गाउँपालिका भएपछि त्यहाँ पनि माग गर्‍यौं तर सुनुवाइ भएको छैन।'

    यता, वडाध्यक्ष नन्दलाल गौतमले भने विद्यालयको विषयमा आफूलाई खासै जानकारी नभएको बताए।  गौतमले भने, 'मलाई यस विषयमा खासै जानकारी छैन,उहाँहरूले भवन जीर्ण छ पनि भन्नुभएको छैन,गाउँपालिकामा माग गर्नुभएको पनि छैन।' अब विद्यालयमा गएर अनुगमन गर्ने र समस्या भए आगामी वर्ष नयाँ भवनका लागि बजेट विनियोजन गर्ने उनले बताए। गौतमले भवन अत्यन्तै जीर्ण भए ठूलो जोखिम रहने भएका कारण त्यस्ता भवनभित्र राखेर विद्यार्थीलाई पढाउन नहुने सुझाव दिए।

    रेडक्रस ताप्लेजुङका पूर्वसभापति गणेश अधिकारीका अनुसार भूकम्पले जिल्लाका ४७ वटा विद्यालय भवनमा क्षति पुयाएको थियो। अन्य विद्यालयका तीन सय ५४ वटा कक्षाकोठामा क्षति पुगेको उनले बताए। क्षति पुगेकामध्ये अधिकांश मर्मत–सम्भार मात्रै गरेर सञ्चालनमा ल्याइएको अधिकारीको भनाइ छ। उनले भने 'केही भवन र कक्षाकोठा मर्मत सम्भार गरेर त्यतिबेला सञ्चालनमा ल्याइएको थियोभूकम्पले क्षति पुयाएका विद्यालय भवन पुनर्निर्माण भने हुन सकिरहेका छैनन्।' अधिकारीले अधिकांश विद्यालय भवन मर्मत–सम्भार गरेर मात्रै सञ्चालन गरिँदा विद्यार्थी र शिक्षकका लागि जोखिम भने उच्च रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]