|

चितवन : चितवनका २ वटा पाउरोटी उद्योगको उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले भरतपुर महानगरपालिकाको नारायणगढ, लंकु र बसपार्क क्षेत्रमा सञ्चालित ४ वटा पाउरोटी उद्योगमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा न्युरे पाउरोटी र शिव पाउरोटी उद्योगले मापदण्डविपरीत उत्पादन गर्ने गरेको पाइएपछि बिक्रीवितरणमा रोक लगाइएको कार्यालयका प्रमुख विक्कि राउतले जानकारी दिए। उक्त पाउरोटी उद्योगले उत्पादनन गरेका पाउरोटी फोहोर, दुर्गन्धित पाइनुका साथै खाद्य स्वच्छतामा ध्यान नदिएको पाइएको राउतले बताए।

उद्योगका सञ्चालकलाई थप छलफलका लागि कार्यलयमा बोलाइएको छ। अनुगमन टोलीले कोशेली बेकरी उद्योग र लक्ष्मी पाउरोटी उद्योगलाई उपभोक्ताको स्वास्थ्यप्रति थप जिम्मेवार बन्न सचेत गराएको छ।

अनुगमनमा मापदण्डविपरीत गतिविधि भेटिएकाहरूलाई नियमअनुसार कार्वाही गरिने र सम्बन्धित उद्योगले आफ्नो कमीकमजोरी सुधार गरेपछि फुकुवा गरिने प्रमुख राउले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.