खेलकुद

तेक्वान्तोमा स्वर्णपदक विजेता गुरुङलाई सम्मान
SHARES

बैशाख १२, २०७६

    काठमाडौं : सामाखुशीको संस्कार अंग्रेजी स्कुलले हालै जापानमा सम्पन्न भएको ४४.५ केजी मुनिको तेक्वान्तो प्रतियोगितामा स्वर्ण पदक विजेता नेपालकी १४ वर्षीया बालिका आकृति गुरुङलाई सम्मान गरेको छ। 

    बिहीबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै उक्त स्कुलले गुरुङलाई सम्मान गरेको हो। स्वर्ण पदक विजेता गुरुङ संस्कार स्कुलमा हाल कक्षा ९ मा अध्ययनरत छिन्। एप्रिल १९ तारिख जापानको ओसाकामा सम्पन्न २५ राष्ट्र सहभागी अन्तर्राष्ट्रिय प्रतियोगितामा गुरुङले नेपालको लागि स्वर्ण पदक दिलाएकी थिइन्। स्कुलको तर्फबाट निर्देशक विमला गुरुङ र तेक्वान्दो गुरु मुगामाया पाख्रिनलगायतले उनलाई खादा तथा माला लगाएर सम्मान गरेका हुन्। 

    कार्यक्रममा स्कुलकी निर्देशक विमला गुरुङले नेपालको छवि अन्तर्राष्ट्रियस्तरमा उँचो बनाउने काम गरेको भन्दै स्वर्ण पदक विजेता गुरुङलाई बधाई दिइन्। उनले भनिन्,‘खेलकुदले पनि देशलाई चिनाउन सकिने रहेछ। आज हाम्री स्कुलकी छात्रा आकृतिले यो कुरा पुष्टि गरेर देखाइन्। हाम्रो लागि यो गौरवको विषय हो।’ 

    भविष्यमा पनि यस्ता खाले प्रतियोगितामा सहभागी हुनको लागि स्कुलको तर्फबाट स्वर्णपदक विजेता गुरुङलाई जस्तोसुकै सहयोग गर्न पनि आफूहरू तयार रहेको उनको विश्वास छ। त्यस्तै तेक्वान्दो गुरु मुगामाया पाख्रिनले आफू र आकृतिको लगनशीलता र निरन्तर परिश्रमका साथै स्कुलले पुर्‍याएको सहयोग र आवश्यक व्यवस्थापनका कारण स्वर्ण पदक जित्न सफल भएको सुनाइन्। उनले भनिन्,‘यो प्रतियोगितामा सहभागी हुनको लागि स्कुलले हामीलाई ठूलो सहयोग गरेको थियो।

    हामीलाई प्रतियोगिताको तयारीको सवालमा कुनै पनि कुराको अभाव हुन दिएन। त्यही भएर हामीले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी भयौं। र स्वर्णपदक जित्न पनि सफल भयौं। यो पदक सिंगो देश र नेपालीका लागि गौरवको विषय हो।’

    कार्यक्रममा स्वर्णपदक विजेता आकृति गुरुङले छोटो समयको तयारीमा पनि आफूहरूले यस्तो नतिजा ल्याउन सफल भएको सुनाउँदै यसको सम्पूर्ण श्रेय स्कूल व्यवस्थापन र गुरुको मार्गनिर्देशन भएको स्पष्ट पारिन्। उनले भनिन्,‘हाम्रो देशमा खेलकुद क्षेत्रको विकासको लागि सरकारले ध्यान दिनुपर्छ। खेलाडीको उज्जवल भविष्यको लागि सरकारले विशेष पहल कदमी लिनुपर्छ।’

    प्रतियोगिताको फाइनलमा आयोजक राष्ट्रलाई नै हराउन पाउँदा आफू निकै खुशी भएको पनि उनको प्रतिक्रिया थियो। नेपालबाट विभिन्न तौल समूहमा सहभागी हुन २३ जना प्रतियोगीहरू जापान गएका थिए। तीमध्ये नेपालको लागि एकमात्रै पदक त्यो पनि स्वर्ण ल्याउन आकृति सफल भएकी हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]