राजनीति

विपद्‍मा ज्यान गुमाएका परिवारलाई प्रदेश ५ ले एक लाख दिने
SHARES

बैशाख १२, २०७६

    बुटवल : विपद्‍मा परेर मृत्यु भएका परिवारलाई एक/एक लाख रुपैयाँका दरले राहत रकम सहयोग गर्ने प्रदेश-५ को सरकारले निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले २०७४ फागुन ३ गतेदेखि २०७५ पुस मसान्तसम्म प्रदेशका १२ जिल्लामा विपद्‍मा मृत्यु हुने परिवारलाई एक/एक लाख रुपैयाँका दरले सहयोग रकम प्रदान गर्ने निर्णय गरेको हो।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा गरिएको उक्त निर्णयअनुसार प्रदेश भर उक्त अवधिमा विपद्‍मा परेका ५१ जनाको परिवारलाई उक्त राहत रकम प्रदान गरिने छ। उक्त अवधिमा आगलागीमा परी, खोलाले बगाएर, चट्टयाङ लागेर, पहिरोमा पुरिएर दाङमा १ जना बर्दियामा ५ जना, बाँकेमा ८ जना, गुल्मीमा ४ जना, पश्चिम नवलपरासीमा ११ जना, पाल्पामा ८ जना, प्यूठानमा ५ जना, रोल्पामा ७ जना र रुकुम पूर्वमा २ जनाको मृत्यु भएको थियो।

    प्रदेश सरकार स्थापना भएपछि घटेका विपद्‍का घटनामा पीडित परिवारलाई उक्त राहत सकम दिन लागिएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए। प्रदेश सरकार २०७४ फागुन २ गते स्थापना भएको थियो।

    प्रदेश सरकारले दाङमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने निर्णय गरेको छ। दाङको राप्ती गाउँपालिका–७ बसन्तपुरमा सबै खेलहरू खेल्न मिल्ने अन्तर्राष्ट्रिय रंगशाला बनाउने निर्णय मन्त्रिपरिषदले स्वीकृत गरेको चौधरीले जानकारी दिए। लागि १ सय ७२ विगाहा १९ कठठा, एक धुर जग्गा रंगशाला बन्नेछ।

    सोही मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारले यस वर्षदेखि ६ वटा आफ्नै विदा दिने निर्णय गरेको छ। फगुन ३ गतेको प्रदेश स्थापना दिवस र बकर ईदमा एक एक दिन तथा माघे सक्रान्तिमा दुई दिन विदा दिइने निर्णग गरेको हो।

    त्यसैगरि प्रदेश सरकारले स्थानीय तहबाट एक दिन स्थानीय समुदायमा आधारित चापर्वमा स्थानीय तहले नै विदाको निर्णय गर्न सक्ने अधिकार अख्तियार गरेको छ।

    प्रदेशमा थारू समुदायको अवतारी पर्व, मगर समुदायको भूमिया पूजा, मुस्लिम समुदायको रामजाम जस्ता पर्व, जितगढी विजयी उत्सव, भगवती जात्राजस्ता स्थानीय पर्वहरू पर्ने गर्छन्। यी पर्वमा अब स्थानीय तहहरूले नै विदाको निर्णय गर्न सक्ने प्रवक्ता चौधरले बताए।

    यस्तै मन्त्रिपरिषद्ले दाङको राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय रंगशाला बनाउने निर्णय गरेको छ। यस्तै, सोही बैठकले दाङकै घोराही उपमहानगरपालिका–१६ मा रहेको नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका–१३ स्थित जवही खेल मैदानलाई उजिरसिंह रंगशालामाको रूपमा स्तरउन्नति गरिने निर्णय गरेको छ। तीनवटै रंगशाला बनाउन स्थानीय तहले प्रदेश सरकारलाई जग्गा उपलब्ध गराइसकेका छन्। तीनवटै रंगशालाको डिपिआर बनाएपछि प्रदेश सरकारले बजेट उपलब्ध गराउने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]