स्वास्थ्य

स्वास्थ्य बीमाका कारण उपचारमा सहज
SHARES

File Photo
बैशाख १२, २०७६

    जुम्ला :  जिल्ला गुठीचौर गाउँपालिका ५ का नन्दराम नेपाली एउटा कार्ड लिएर आफ्नो स्वास्थ्य जाँच गराउन अस्पताल पुगे। उनीसँग स्वास्थ्य बीमाको कार्ड रहेको थियो। सरकारले ल्याएको सामाजिक स्वास्थ्य विकास कार्यक्रम अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम बीमित सदस्य हुन्। उनी पाँच जनाको परिवार स्वास्थ्य बीमाको  बीमित सदस्य छन्।

    उनको परिवार अस्पतालमा जाँदा ५० हजार बराबरको उपचारका लागि पैसा बोकेर जानु पर्दैन। सरकारले स्वास्थ्य बीमा गरेबापत ५० हजार बराबरको एक वर्षसम्म निःशुल्क सेवा प्रदान गरेको छ।

    नेपाली जस्तै दैनिक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५ देखी २० जना बीमित सदस्यले सेवा लिने गरेका छन्। जुम्लामा यसको प्रभावकारिता बढदै गएको छ। जिल्लामा अहिलेसम्म ३० हजार बढीले स्वास्थ्य बीमा अन्तर्गत सेवा लिएका छन्। स्वास्थ्य विमाले उपचारमा सजहता गराएको छ। बीमा गरेका बिरामीको चाप बढेपछि प्रतिष्ठानले छुट्टै बहिरंग सेवा विभाग (ओपिडी) स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।

    गएको वर्ष २०७५ साउन यता जुम्लामा आठ हजार २९ सयभन्दा बढीले विमा गरेका छन्। बीमा गरेका बिरामीको चाप बढ्दै गएपछि छुट्टै ओपीडी स्थापना गरिएको प्रतिष्ठानका सूचना अधिकारी चेतन रोकायाले बताए।

    अस्पतालमा बीमा गरेका बिरामीको चाप बढ्दै गएको र समयमा उपचार नपाएको गुनासो आएका कारण छुट्टै ओपिडी खोलेर सेवा दिन थालिएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डाक्टर पुजन रोकायाले बताए। पुर्जा काट्नेबित्तिकै सेवा दिन सकिने गरी ओपिडी स्थापना गरिएको बताउँदै उनले बीमाको ओपीडीमा हरेक दिन तीन जना चिकित्सकसहितको टोली रहने व्यवस्था मिलाइएको बताए।

    कर्णाली अञ्चल सबै जिल्लाका बिरामी प्रतिष्ठानमै उपचार गर्न सकिने र प्रतिष्ठानले गर्न नसक्ने उचार बाहिरा रिफर गरिएको डाक्टर रोकायाको भनाइ छ। बीमाप्रतिको आम नागरिकको आकर्षण बढेको भए पनि उपचार पद्धतिमा सहज व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका कार्यालय प्रमुख प्रेम शाहीले बताए। बीमा कार्यक्रम लागू भएका जिल्ला मध्य जुम्ला उत्कृष्ट जिल्लामा परेको छ।

    स्वास्थ्य बीमा गरेपछि अस्पतालमा सेवा लिन जाँदा उपचारमा सहजता नभएको र औषधि खरिद गर्दा एउटै औषधिको फरकफरक मूल्य पर्ने गरेको गुनासो बिरामीले गरेका छन्। बिरामी अस्पतालमा आएपछि सफ्टवेयर प्रणालीमा बीमा कार्ड अपडेट गर्नुपर्ने र अभिलेख राख्नुपर्ने भएकाले केही समय लागे पनि अन्य उपचार सेवामा असर नपर्ने मडिकल रेर्केटर मेगराज बुढाले जानकारी दिए।

    अहिले बीमा गरेका परिवारले पाँच जनाको वार्षिक रूपमा ५० हजारसम्मको उपचार गर्दा रकम तिर्नु नपर्ने उनको भनाइ छ। त्यसैगरी, व्यक्ति थप भएमा प्रतिव्यक्ति १० हजारसम्मको बीमा रकम थपिने छ। स्वास्थ्य बीमा गर्नेले स्वास्थ्य परीक्षण, प्रयोगशाला, शल्यक्रिया, औषधिलगायत बीमाले समेट्ने गर्छ। स्वास्थ्य बीमा गरेकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २०७३ सालबाट सेवा दिने थालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]