समाज : सुरक्षा/अपराध

यातायातका निमित्त कार्यालय प्रमुखसहित ३ विरुद्ध भ्रष्टाचार मुद्दा
SHARES

File Photo
बैशाख १२, २०७६

    काठमाडौं : घुस लिएर सवारी चालक अनुमतिपत्र दिने यातायात व्यवस्था कार्यालय, कन्चनपुरका तत्कालीन निमित्त कार्यालय प्रमुखसहीत ३ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा समितिका अध्यक्षसमेत रहेका तत्कालीन कार्यालय प्रमुख सीताराम खनाल, मेकानिकल इन्जिनियर योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक बाबुकाजी गिरीविरुद्ध शनिबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

    उनीहरूले मोटरसाइकल तथा स्कुटरको सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित भएका ८ जना परीक्षार्थीलाई समेत पास गराई सवारी चालक अनुमतिपत्र दिएको अख्तियारको आरोप छ।

    अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरूले २०७२ असार १६ देखि २६ गतेसम्म सञ्चालन भएको प्रयोगात्मक परीक्षामा असफल भएका परीक्षार्थीहरूबाट ५ देखि १५ हजार रकम लिएर चालक अनुमतिपत्र दिएको आरोपसहित उजुरी परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]