समाज

रसुवामा आगलागीबाट पाँच घर जलेर नष्ट
SHARES

बैशाख १२, २०७६

    रसुवा : विद्युत सर्ट भएर आगो लाग्दा रसुवामा पाँच घर जलेर नष्ट भएका छन्।

    जिल्लाको नौकुण्ड गाउँपालिका १ थाङदोरमा बिहीबार  दिउँसो १ बजेबाट घरमा आगो लाग्दा पाँच घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

    आगोले मेन्दो पासाङ थोक्रा, लक्षिन लामा, ज्ञाना छोवाङ नेकोर, दावा फुर्पा नेकोर र किप्पा नेकोरको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। घर जलिसकेपछि मात्रै आगो निभेको प्रहरी निरीक्षक भण्डारीले बताए। भौगोलिक विकटता र प्रहरी चौकीबाट टाढा रहेका कारण घर जलिसकेपछि प्रहरी तथा सेना पुगेको थियो।

    थप क्षति हुन नदिनका लागि नेपाली सेना र नेपाल प्रहरीको टोलीले प्रयास गरिरहेको उनले बताए। थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]